नेकपा केन्द्रिय समिति बैठक शुरु



न्युज अफ नेपाल, काठमाडौ ।

सत्तारुढ दल नेकपाको केन्द्रिय कमिटीको बैठक राष्ट्रिय सभागृहमा भएको छ  । नेकपा एमाले र नेकपा माओेवादीबीच एकता भएपछि पहिलो पल्ट बस्न लागेको केन्द्रिय कमिटीको बैठकले पार्टी र सरकारले संचालन गरेको नीतिको बारेमा समेत छलफल गर्ने  छ ।

दुई पार्टी एकिकरण भएपछि पहिलो पटक केन्द्रिय समितिको बैठक आयोजना गरेको नेकपा भित्र अहिले पनि पार्टी एकिकरण भौतिक रुपमा भएपनि आत्मिय रुपमा हुन सकेको छैन ।

नेकपाको केन्द्रीय कमिटिमा ४४१ सदस्य रहनु भएको छ । केन्द्रीय कमिटीको बैठकका लागि पार्टी कार्यालयमा स्थान अभाव भएपछि राष्ट्रियसभा गृहमा बैठक डाकिएको थियो । बैठकमा केन्द्रीय कमिटी र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी हुने नेकपाले जनाएको छ ।

 बैठकका सात एजेण्डा

१) शहीदहरूप्रति श्रद्धाञ्जली ।

२) बैठकको उद्घाटन र उद्घाटन मन्तव्य (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली) ।

३) राजनीतिक प्रतिवेदन प्रस्तुति (अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड) ।

४) संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति (महासचिव विष्णुप्रसाद पौडेल) ।

५). सात वटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ ।

६) समसामयिक प्रस्तावहरूको प्रस्तुति ।

७) विविध ।

 

प्रतिक्रिया दिनुहोस्