त्रिवेणी मुख्यमन्त्री लिगको विजेता



पोखरा, (नेस)।

लम्जुङको त्रिवेणी युथ क्लबले गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। लिग विजेता लम्जुङले नगद ५ लाख र उपविजेता कास्कीको आदर्श युवा क्लबले ३ लाख रुपियाँ प्राप्त गरेका हुन्।

मंगलबार भएको खेलमा त्रिवेणीले आदर्शलाई २–० गोलअन्तरले हराएको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कास्कीका सुमित श्रेष्ठ घोषित भए उनले उत्कृष्ट मिडफिल्डरको उपाधिसमेत हात पारे। लम्जुङका डिफेन्डर अन्जन देवकोटा, गोलरक्षक आकाश रानाभाट र स्ट्राइकर नवराज गुरुङ उत्कृष्ट घोषित भए।

प्रतिक्रिया दिनुहोस्