सामुदायिक साकोसले गर्यो ४४ व्यक्तिलाई सम्मान समाचारपत्रकर्मी तिमल्सिना सम्मानित



नेपाल समाचारपत्र, काभ्रे।

सामुदायिक सहकारी संस्था पनौतीलले २६ औ स्थापना दिवसमा विभिन्न विद्यामा ४४ जनालाई सम्मान गरेको छ।सम्मान हुनेहरूमा नेपाल समाचारपत्रकर्मी एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, बाग्मती प्रदेश सभा सदस्य वसुन्धरा हुमागाईं, खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, बेथानचोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङ रहनु भएको छ।

त्यसैगरी शिक्षा सेवी प्रो.डा.अम्बुभवानी कार्की, साहित्यकार सूर्यप्रसाद लाकोजु, सहकारीकर्मी मुकुन्दप्रसाद दाहाल र शिवजी सापकोटालाई विशिष्ट सदस्य सम्मान मार्फत् दोसल्ला, सम्मानपत्र सहित संघीय संसदका सदस्य गंगाबहादुर दोङ र संस्थाका अध्यक्ष प्रकाश बन्जाराले सम्मान गर्नु भएको थियो।

२०५५ साल देखि २०६३ सालसम्म सञ्चालक भई काम गर्ने २३ जना पूर्व सञ्चालकलाई सम्मान गरिएको छ। सामुदायिक छात्रवृत्ति ५ जनालाई प्रदान गरिएको छ। संस्थाका कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार सामुदायिक साकोसले हरेक वर्ष सामुदायिक छात्रवृत्ति प्रदान गर्दै आएको छ। त्यस्तै पाँच जनालाई उत्कृष्ट एसईई सम्मान गरिएको छ। ७ जनालाई उत्कृष्ट बचतकर्ताका रूपमा नगदसहित सम्मान गरिएको छ।

त्यस्तै उत्कृष्ट शेयर खरिदकर्ताका रुपमा पूर्णलाल श्रेष्ठलाई नगद ४ हजारसहित सम्मान गरिएको छ। उत्कृष्ट ऋणी सदस्य ज्ञानेन्द्र श्रेष्ठलाई पनि नगदसहित सम्मान गरिएको छ। त्यस्तै उत्कृष्ट कर्मचारी पुरस्कारबाट शोभा लामालाई आधा महिनाको तलबसहित सम्मान गरिएको छ। ८० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको छ। नगद २ हजार ५ सय, दोसल्ला, सम्मानपत्र, हर्लिक्स सहित २० जनालाई सम्मान गरिएको छ।

संस्थामा आर्थिक वर्षको अन्त्यमा शेयर सदस्य १९ हजार ७ सय १३, बाल तथा खुत्रुके बचतकर्ता २ हजार ७ सय ४२ जना गरी ११ हजार ३ सय ७६ महिला र ११ हजार ४२ जना पुरुष र अन्य ३७ गरी २२ हजार ४ सय ५५ जना सदस्य रहेका छन्। उक्त संस्या असोज महिनासम्म बढेर २३ हजार २ सय २६ पुगेको थियो। पौष मसान्तसम्म २४ हजार २ सय ४ शेयर सदस्यबाट १ अर्ब ९७ करोडको कारोवार भएको छ।

सांसद दोङ, प्रदेश सभा सदस्य हुमागाई, उपप्रमुख बञ्जारा, संस्थाका अध्यक्ष बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तिमल्सिना, संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकार, सचिव मुकुन्द शर्मा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, लेखा संयोजक हरिप्रसाद तिमल्सिना लगायतले सहकारीले पुर्याएको योगदानको चर्चा गरेका थिए।ती द्वितीय, एस.ओ.एस बालग्राम श्रीखण्डपुर तृतीय र कुशादेवी मा.वि. कुशादेवीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्