सिलिन्डर विस्फोट



लाहोर,(एजेन्सी)।

पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको लाहोर सहरमा मंगलवार ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जना मानिसको मृत्यु तथा अन्य २ जना घाइते भएको पाकिस्तानी सरकारी अधिकारीहरूले बताएका छन्।

पाकिस्तानी अखवार डनले उद्धारकर्र्मीहरूलाई उद्धरित गर्दै जनाएको छ, ‘लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर अर्थात् पफ्र्युम कारखानामा विष्फोट भएको हो। विस्फोटका समय कारखानामा जम्मा १५ जना कामदार रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छन्। कारखानामा ग्यास विस्फोटपछि घरको छानासमेत खसेको कारण मृतकको संख्या धेरै भएको प्रत्यक्षदर्र्शीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्