मर्नेको संख्या ५७



रियो डि जेनेरियो (एजेन्सी)।

ब्राजिलको दक्षिण इलाकामा भीषण वर्षाका कारण आएको बाढीमा मर्नेको संख्या ५७ पुगेको छ। बाढीबाट सबैभन्दा प्रभावित राज्य मिनस गेरेसमा ४८ जनाको मृत्यु भएको बताइएको छ।

प्रभावित इलाकामा २० हजारभन्दा धेरै नागरिक बाढी र भूस्खलनका कारण आफ्नो घर छोड्न बाध्य भएका छन्।नागरिक सुरक्षा कार्यालयका अनुसार मिनस गेरेसको राजधानी बेलो होरिजोटेमा ८ जनाको मृत्यु भएको छ। उक्त राज्यको ९९ सहरमा आपतकालीन स्थितिको घोषणा गरेको छ। जनवरी २४ मा आएको वर्षाले विगत १ सय १० बर्षर्को ाको किर्तिमान तोडेको छ।

प्रतिक्रिया दिनुहोस्