गाडीमा लागूऔषध



बैंकक, (एजेन्सी)।

थाइल्यान्डको लागु औषध विरुद्धको निकायले झन्डै एक लाख चक्की लागु औषध चक्की एम्फेटामाइन लुकाइएको एउटा कार आफूबाट गल्तीवश लिलाम हुन पुगेकोमा आइतवार औपचारिक र सार्वजनिक रूपमा क्षमायाचना गरेको छ।

गत वर्ष लागु औषध कारोबारीहरूलाई पक्रने क्रममा सो कार पनि प्रहरीले जफत गरेको थियो। परिचय नखुलाइएका एकजना व्यक्तिले यसै महिनामा मात्र लिलाममा उक्त होन्डा सिआरभि– भि कार १९ हजार अमेरिकी डलरमा खरिद गरेका थिए।

तर सामान्य मर्मतका लागि ग्यारेजमा लगिँदा एकजना मेकोनिक्सले त्यसभित्र लुकाइएको अवस्थामा ९४ हजार चक्की एम्फेटामाइन फेला पारेका थिए।

प्रतिक्रिया दिनुहोस्