कोरोना भाइरस संक्रमण फैलिँदै ,वुहानबासी एक अर्काको हौसला बढाउँदै



वुहान (एजेन्सी)।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण तीव्र्र्र रूपमा फैलिरहेको छ। यसको नियन्त्रण तथा संक्रमण रोक्न शहरका ५० लाखभन्दा धेरै नागरिक घरमै थुनिएको अवस्था छ। तर कठिनाइको यो घडीमा त्यहाँका बासिन्दा एक आपसमा हौसला बढाइरहेका छन् र यस संकटसँग लड्न एकजुटता देखाइरहेका छन्।

फ्ल्याट र अपार्टमेन्टका झ्यालबाट एक अर्कालाई चियरअफ गरिरहेको देख्न सकिन्छ। केही व्यक्ति घरमा वा होटलमा चिकित्साकर्मी तथा प्रशासनका अन्य कर्मचारीहरूका लागि खाना बनाएर बाँडिरहेका छन्।

यसबीच चीनमा कोरोनाभाइरसबाट मर्नेको संख्या १ सय ७ पुगेको छ।विगत २४ घण्टामा १ हजार ३ सय नयाँ संक्रमित फेला परेका छन्। अहिलेसम्म ४ हजार ४ सय ९ संक्रमण मामिलाको पुष्टि भएको छ।

सामाजिक सञ्जालमा सेयर भएका भिडियोमा नागरिकहरू आफनो घरको झ्यालबाट ‘वुहान जियायु‘ भन्दै चिच्याइरहेको देखिन्छ। यसको अर्थ ‘अगाडि बढी वुहान ‘वा ‘मजबुत रहनु वहान’ भन्ने हुन्छ। जब एक व्यक्तिबाट यो शब्द बोलेको सुनिन्छ, अर्कोले त्यसमा साथ दिइरहेको देखिन्छ। चीनको सामाजिक सञ्जालमा पनि वुहान जियायु ट्रेन्ड चलिरहेको छ।

नागरिकहरू एकजुट भइरहेको देखिन्छ। नागरिकहरू मेसेज र पोस्टमा यो संकटबाट बाहिर निस्कने प्रतिबद्धता ब्यक्त गरिरहेका छन्। वुहानलाई हौसला दिएका वाक्य सहित पुरै देशको साथ रहेको बताइरहेका छन्।

चीनको स्थास्थ्य आयोगले सोमबार हुबेइ प्रान्तमा मात्रै सबैभन्दा धेरै १ सय जनाको ज्यान गएको जानकारी दिएको थियो। वुहान सहर सबैभन्दा प्रभावित छ। विश्वभरि अहिलेसम्म कोरोनाभाइरसको संक्रमण ४ हजार ५ सय १५ मामिला पुष्टि भइसकेको छ। यसमा मात्र चीनमा मात्र ४ हजार ४ सय ९ छन्।

वुहानमा कयौं अस्पतालमा खानाको कमी महसुस भइरहेको बेइजिंग न्युज साइटले जनाएको छ। चिकित्साकमीहरूलाई २४ घण्टा काममा खट्नु परिरहेको छ। नागरिकहरू यिनीहरूको मद्दतका लागि अगाडि आइरहेका छन्।

हालैमात्र रेस्टुरेन्ट खोल्ने ली बोले यो विपत्तिलेले आप्mनो कारोबार ठप्प भएको बताए। आले लोन लिएर कारोबार गरेको तर संकटको बेला यसको कुनै अर्थ नभएको उनले बताए। उनले भने–मेरो प्यारो सहर फेरि दौडिन थालुन्। यहाँ चाँदै सबै कुरा ठीक हुने छ। उनले जनवरी २६ र २७ मा खानाको प्याकेट वितरण गरेका थिए।

त्यसैगरी कोरोनाभाइरसबाट बच्न चीनमा फेसमास्कको माग बढेपछि कैैयौं इलाकामा यसको पनि कमी महसुस गरिएको छ। हुबेइ प्रान्तको चांगडे गाउँमा एक व्यक्तिीले १५ हजार फेसमास्क दान गर्ने बताए।

होओ जानलाई उनले काम गर्ने कारखानामा तलब नदिने, त्यसको बदलामा १५ हजार मास्क दिने प्रस्ताव राखेको थियो। उनले मास्क घरमा ल्याए। प्रान्तमा कोरोना भाइरसका कारण मास्कको कमी भइरहेको उनले थाहा पाए। त्यसपछि उनले मास्क दान दिन थाले।

प्रतिक्रिया दिनुहोस्