सम्झना कप टीटी हुने



काठमाडौं, (नेस)।

तेस्रो सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता यही माघ १८ गतेदेखि हुने भएको छ।ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख ५० हजार रुपियाँ रहेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमा जनायो।

अखिल नेपाल टेबलटेनिस संघको तत्वाधानमा भारत, दक्षिण कोरिया र पाकिस्तान तथा नेपालका गरी करिब ५ सय २४ जना खेलाडीले सहभागिता जनाउनेछन्।
उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ खुला सिंगल्स, पुरुष भेट्रान्स सिंगल्स, कलेजतर्फ महिला र पुरुष सिंगल्स, १६ वर्षमुनि, १४ वर्षमुनि, १२ वर्षमुनि र १० वर्षमुनिका छात्र र छात्रा विधा रहने आयोजकले जनायो।

प्रतियोगितामा खुलातर्फ शीर्ष तीन हुने खेलाडीले क्रमशः ६० हजार, ३० हजार र १० हजार पाउनेछन्। भेट्रान्सतर्फ शीर्ष तीन हुनेले १० हजार, ५ हजार र २५ सय जित्नेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्