चुनाव प्रस्ताव



वेलिङटन, (एजेन्सी)।

न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले मंगलवार आगामी सेप्टेम्बरमा आमनिर्वाचनको तिथि घोषणा गरेकी छिन्। उनले पूर्वनिर्धारित कार्यतालिकाभन्दा दुई महिनाअघि नै चुनाव गर्ने तिथि घोषणा गरेकी हुन्। नयाँ कार्यक्रमअनुसार अब आमनिर्वाचन १९ सेप्टेम्बरमा हुनेछ।

साथै प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफू सशक्त उम्मेदवार रहेको समेत दाबी गरेकी छिन्। ३९ वर्र्षीया प्रधानमन्त्री आर्डनले आफ्नो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताएकी छिन्। अन्तर्राष्ट्रिय जगत्मा पनि उनी निकै चर्चित छिन्।

 

प्रतिक्रिया दिनुहोस्