ट्याक्टरले किचेर एकको मृत्यु 



बैतडी, (नेस)।

ट्याक्टरले किचेर बैतडीमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका १ का नरेन्द्रराज भट्टराई रहेका छन्।

म१त ११७२ नम्बरको ट्याक्टरमा सवार रहेका भट्टराई एक्कासि खसेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो।

ट्याक्टरबाट खसेर किचिएका उनको घटनास्थलमै मृत्यु भएको हो। सिमेन्ट र छड बोकेर पाटनबाट सकार जाँदै गरेको ट्याक्टरमा सवार भट्टराई पाटन नगरपालिकाका वडा नं १ को कार्यालय नजिकै खसेका हुन्।

चालक धनगढीका दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रमुख पाण्डेय नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।

यसैबीच जिल्लाको पुर्चौडी नगरपालिकामा नहरमा डुबेर १ बालिकाको ज्यान गएको छ।

नगरपालिका ६ मानाकोटका ईश्वरराज पन्तकी ३ वर्षीया छोरी लक्ष्मी पन्तको मृत्यु भएको हो।बेउरेश्वर लघुजलविद्युत आयोजनाको नहरमा डुबेर बालिकाको ज्यान गएको मृतकका काका हेमराज पन्तले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्