आधा खर्ब बीमा शुल्क संकलन



काठमाडौं, (नेस)।

चालू आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क करिब आधा रुपियाँ संकलन भएको तथ्यांक सार्वजनिक भएको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीले कुल ४६ अर्ब ८८ करोड रुपियाँ बीमा शुल्क संकलन भएको हो।

यस अवधिसम्ममा जीवन बीमा कम्पनीले नवीकरण शुल्कवापत ३० अर्ब ९९ करोड, प्रथम बीमा शुल्कवापत १५ अर्ब २९ करोड र वैदेशिक रोजगार बीमा शुल्कवापत १ अर्ब २२ करोड रुपियाँ संकलन गरेका हुन्। जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै १३ अर्ब ९६ करोड रुपियाँ बीमा शुल्क संकलन गरेको छ।

त्यस्तै सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने पुस मसान्तसम्ममा २८ करोड रुपियाँ मात्र बीमा शुल्क आर्जन गरेको छ।
  • उठेको बीमा शुल्क
  •  नेपाल लाइफ इन्स्योरेन्स १३ अर्ब ९६ करोड
  •  लाइफ इन्स्योरेन्स कर्पोरेसन ७ अर्ब ६९ करोड
  •  राष्ट्रिय बीमा संस्थान ५ अर्ब ८३ करोड
  •  नेसनल लाइफ इन्स्योरेन्स ३ अर्ब ९५ करोड
  •  युनियन लाइफ २ अर्ब ४१ करोड
  •  एसियन लाइफ २ अर्ब २६ करोड 
  •  मेट लाइफ १ अर्ब ७७ करोड ४२ लाख 
  •  सूर्या लाइफ १ अर्ब ५८ करोड
  •  प्राइम लाइफ १ अर्ब ४१ करोड
  •  रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब ८ करोड 
  •  गुराँस लाइफ इन्स्योरेन्स ९४ करोड 
  •  ज्योति लाइफ इन्स्योरेन्स ७४ करोड
  •  सिटिजन्स लाइफ इन्स्योरेन्स  ७१ करोड
  •  आइएमई लाइफ इन्स्योरेन्स ५८ करोड
  •  सन नेपाल लाइफ इन्स्योरेन्स ५६ करोड
  • सानिमा लाइफ इन्स्योरेन्स ४० करोड
  •  प्रभु लाइफ इन्स्योरेन्स ३० करोड
  •  महालक्ष्मी लाइफ इन्स्योरेन्स २८ करोड

प्रतिक्रिया दिनुहोस्