पाकेट मार्ने पक्राउ



भक्तपुर, (नेस)।

महानगरीय प्रहरी वृत्त थिमिले पकेट मार्दै हिँड्ने तीन जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरी काठमाडौं दुवाकोट रुटमा चल्ने बसमा यात्ररत एक महिलाको पकेट मारेर भाग्दै गरेको अवस्थामा तीनलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो।

पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका७ घर भई हाल ललितपुर ठैब बस्ने नवीन राई, सिन्धुली जिल्ला घ्याँङलेक गाउँपालिका ६ घर भई गोदावरी बस्ने राजिव गोले र मकवानपुर जिल्ला ईपाचोक गाउँपालिका ठैब बस्ने रुविन कठायत रहेका छन्।

पकेट मारेर भाग्दै गरेका उनीहरूलाई प्रहरीले मध्यपुर थिमि वडा नम्बर ९ राधेराधेबाट नियन्त्रण लिएको छ। उनीहरूले महिलाको साथबाट नगद ११ हजार रुपियाँ पकेट मारेका थिए।

प्रतिक्रिया दिनुहोस्