प्रजातन्त्रका सेनानीको योगदान नबिर्सन माग



काठमाडौं, (नेस)।

प्रजातन्त्रका लागि लड्ने योद्धाको उचित सम्मान हुन नसकेकामा नेताहरूले गुनासो गरेका छन्। आन्दोलनका बेलामा खोजिने प्रजातन्त्र सेनानीलाई नेपाली कांग्रेसले सत्तामा गएपछि बिर्सने गरेको सेनानी सघंमा आबद्ध नेता कार्यकर्ताको गुनासो थियो।

ई सम्बोधन गर्नुहुँदै पार्टीले लामो आन्तरिक विवाद र वहसपछि पार्टीको १४औं महाधिवेशनको मितिमा सहमति भएको बताउनुभयो।
पार्टीले अब सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम प्रारम्भ गर्ने जानकारी पनि उहाँले दिनुभयो।

पार्टीभित्र भएका वेथिति र विधानविपरीतका कामको डटेर विरोध गर्दा विभाजन गर्न खोज्यो भनेर आरोप लगाउनुको कुनै औचित्य नहुने उहाँको भनाइ थियो।

पार्टी सही तरीकासँग चल्न नसकेका कारण कांग्रेसले सडक र संसद् दुवै मोर्चाबाट सरकारले गरेका भ्रष्टाचार र प्रजातन्त्र विरूद्धका कदम रोक्न भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो।

नेपाली कांग्रेस जिल्ला काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले पार्टीको साखलाई माथि उठाउन आउँदो महाधिवेशनमा पार्टीका सबै निकाय र भ्रातृ संस्था विशेष सजग हुनुपर्ने बताउनुभयो।

कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने योद्धाको समुचित कदर हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो।

कांग्रेस नेता लोकेश ढकालले पार्टीमा नीति, नारा र नेतृत्व सही नभएकाले आउँदो १४औं महाधिवेशनले तीनवटै विषय परिवर्तन गर्न अपरिहार्य छ भन्नुभयो। सेनानी संघ काठमाडौँका सभापति प्रजातन्त्र सेनानी गोविन्दप्रसाद गजुरेल, संघका केन्द्रीय प्रवक्ता बालकृष्ण दाहाल, संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेल, नेपाल महिला संघ काठमाडौं जिल्ला सभापति विष्णुदेवी पुडासैनी, प्रजातन्त्र सेनानी कमला शर्मा राई, कांग्रेस, जिल्ला कार्य समितिका सचिव शंकर मल्ल ठकुरीलगायतले प्रजातन्त्रका लागि लड्ने योद्धाको उचित सम्मान हुनुपर्नेमा जोड दिनुभएको थियो। भेलाले गजुरेलको नेतृत्वमा आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला समितिको गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्