सिद्धलेकको जंगलमा भेटियो दुई जनाको शव



सीताराम अधिकारी, धादिङ ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ नलाङ स्थित कालिदह नजिकै जंगलमा २ जना मृत अवस्थामा भेटिएका छन् । सिद्धलेक गाउँपालिका वडा नं १ कालिदहका ५७ बर्षीय नकुल सापकोटा र ३८ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

बाटो छेउको भीरमा शव फेला परेकाले दुवैजना भीरबाट खसेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताउनुभयो । दुवैको शव पोस्ट मार्टमको लागि धादिङ अस्पताल धादिङ राखिएको छ ।

वडा कार्यलय जान भनेर आइतवार घरबाट निस्किएका दुवै जना जंगलको बाटोमा ३० फिट माथिबाट खसेर मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचय पत्र र २० हजार रुपैया पनि फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्