फेडेररलाई उमेरले फरक पारेन



लन्डन ।

टेनिसका लिजेन्ड खेलाडी रोजर फेडेररलाई उमेरले कुनै फरक पार्न सकेको छैन । स्विजरल्यान्डका खेलाडी फेडेरर हाल ३८ वर्षको उमेरमा पनि युवाको जोश जस्तै कोर्टमा खेलिरहेका छन् । मेलबर्नमा जारी अस्टे«लियन ओपनमा उनीमाथि उमेर हावी बन्न सकेको छैन । मंगलबार भएको क्वार्टरफाइनल खेलमा अमेरिकी खेलाडी टेनीज सान्डग्रेनसँग २–१ सेटले पछि परेर पनि ७ वटा म्याच प्वाइन्टबाट जोगिएर उनले खेल जिते ।

रोजरले पहिलो सेट ६–३ ले जितेर सानदार शुरुवात गरे, तर वरियताविहीन खेलाडी सान्डग्रेनले पछिका दुई सेट समान ६–२ ले जितेका हुन् । चौथो सेट ४–५ ले पछि परेका रोजरले ३ म्याच प्वाइन्ट बचाएर टाइब्रेकरमा पु¥याए । उनले अर्को ४ म्याच प्वाइन्ट बचाएर ७–६ मा चौथो सेट जितेपछि रोजरले पाँचौं तथा निर्णायक सेट सहजै ६–३ ले जिते । योसँगैं रोजरले संभावित हारलाई टारिदिए ।

रड लेभर एरेनामा ३ घण्टा २८ मिनेटसम्म चलेको खेल जितेपछि रोजर अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पनि पुगेका छन् । योसँगैं उनी पाको खेलाडीको रुपमा अस्टे«लियन ओपनको अन्तिम चारमा पुग्ने खेलाडी पनि बने । २० ग्रान्ड स्लाम टेनिस उपाधि जितेका उनले तेस्रो सेटमा केही स्वास्थ्य उपचार पनि लिनु परेको थियो । यसको बावजुद उनले आफुलाई अन्तिम चारमा उभ्याउँदै डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्न तय पनि गरे ।

रोजरले गत नोभेम्बरमा एटीपी फाइनल्स खेले यत कनै पनि प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । रोजरले १,५१२ खेल खेलिसकेका छन् तर उनले चोटका कारण् परित्याग गरेको खेल एउटै छैन । यो खेलमा पनि तेस्रो सेटमा उनलाई खुट्टाको चोटले सुस्त बनाएको थियो तर उनले उपचार गराएर पुन खेलमा फर्के । उपचार पछि उनी अझ आक्रमक शैलीमा खेल्न थालेका थिए ।

उनले खेलपछि बताए—मलाई ट्रेनरलाई बोलाउन मन पर्दैन किनभने यो कमजोरीको संकेत हो । बरु म चमत्कारमा विश्वास गर्छु, या त पानी परोस या कुनै तत्वले खेल नै स्थगित होस ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्