मोटरसाइकल दुर्घटनामा गयो शिक्षकको ज्यान



न्युज अफ नेपाल, सल्यान ।

मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक जना शिक्षकको ज्यान गएको छ। मोटरसाइकल दुर्घटना हुँदा दार्मा गाउँपालिका–१ रानी पानी घर भएका अन्दाजी ४२ वर्षीय शिक्षक टेक बहादुर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

राप्ती राजमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६स्थित कल्लेखोलामा रा ३ प ७००० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । नेपाल रास्ट्रीय माध्यामिक विधालय दार्मा सल्यानमा अध्यापन गराइरहेका शिक्षक केसी दाङ तर्फ जादैगर्दा सोमबार अपराहन्न सवा ४ बजे दुर्घटनामा परेका थिए। घाइते केसीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सल्यानमा लगिएको केही समय पश्चातनै उनको ज्यान गएको प्रहरी बताएको छ।

बसलाई ओभरटेक गरेर अगाडि जाने क्रममा अतालिएर मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्