महिला लिग फुटबलमा चौदण्डीगडी र चन्द्रपुर विजयी



सञ्जय कार्की, रौतहट ।

घरेलु मैदानमा भएको चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको मङ्गलबारको खेलमा सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका २ का बिरुद्ध ५ गोलले हराउदै विजयी भएको छ । दोस्रो खेलमा भने शुन्यका बिरुद्ध ५ गोलले नुवाकोटको बिदुर नगरपालिकालाई हराउदै उदयपुरको चौदण्डीगडी नगरपालिका विजयी भएको छ । स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमो चौदण्डीगणी नगरपालिकाकाले एकोहोरो दबाबमा राख्दै मध्यान्तर अघिको २४औ मिनेट र ३९ औ मिनेटमा जर्सी नम्बर १५ की अनुष्का शेर्पाले २ गोल, २६ औ र ७२ औ मिनेटमा जर्सीनम्बर २१ की मनिता तामाङ्ग, ४२ औ मिनेटमा जर्सीनम्बर १८ की सोमलुङ्गा राईले १ गोल गर्दै खेलमा बिजयी भएको हो ।

मध्यान्तर अघि चार गोल गर्न सफल चौदण्डीगडी नगरपालिकाको तर्फबाट मध्यान्तरपछिको खेलमा अर्को एक गोल मनिता तामाङ्गले गरेकी हुन । उक्त खेलमा चौदण्डीगडी नगरपालिकाको अनुष्का शेर्पा वमन अफदी म्चाच घोषित भईन । यस्तै दोस्रो खेलको पहिलो १ मिनेटमा चन्द्रपुर नगरपालिकाको तर्फ बाट जर्सीनम्बर ९ की रजनी ठोकरले पहिलो १ गोल गर्दै खेल लाई अग्रता दिलाईन भने १५ औ मिनेट जर्सीनम्बर ८ की मनिषा राउतले अर्को एक गोल गरेर आफनो टिमको पक्षमा खेल पारिन । खेलको ३६ औ मिनेटमा जर्सीनम्बर १० की सबिता राना मगरले एक गोल गरिन भने मध्यान्तर पछिको खेल सकिनु अघिको ९४ औ मिनेटमा उनैले अर्को एक गोल गरिन ।

खेल लाई अग्रता दिलाउने क्रमको ३८ औ मिनेटमा जर्सीनम्बर ९ की रजनी ठोकरले १ गोल गरिन । मध्यान्तर अघि खासै प्रर्दशन देखाउन नसकेको बाहबिसे नगरपालिकाको टिमले मध्यान्तर पछिको खेल भने उत्कृष्ट प्रर्दशन गरेको छ । मध्यान्तर पछिको पहिलो १ मिनेटमा बाहबिसे नगरपालिकाको जर्सीनम्बर १७ की पार्बती घलेले गोल गरिन भने ६० औ मिनेटमा जर्सीनम्बर ८ की सुष्मा तामाङ्गले १ गोल गरेपनि २ गोलमै सीमित हुन पुग्यो । दोस्रो खेलको वमन अफ दी म्याच चन्द्रपुर नगरपािलका सबिता राना मगर घोषित भईन । घरेलु मैदानमा भएको चन्द्रपुर नगरपालिकाको खेलाडी लाई दर्शकको अपार माया रहेको थियो । चन्द्रपुर नगरपालिकाका खेलाडीहरुले मध्यान्तर अघि निकै उत्कृष्ट प्रर्दशन गरेपनि मध्यान्तर पछि भने खासै कलाकौशलता देखाउन नसक्दा बाह्रबिसे नगरपालिकाको टिम आक्रामकरुपमा प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्