चिनको केरूङबाट १८ करोडको ओखर आयात



सरस्वती न्यौपाने, रसुवा ।

रसुवागढि हुँदै चिनको केरूङबाट आर्थिक बर्षको छ महिनामा १८ करोड ८७ लाखको ओखर आयात भएको छ। भन्सार प्रमुख पुण्यविक्रम खड्काको अनुसार रसुवागढि नाकाबाट साउन महिनादेखि पुस मसान्तसम्म छ लाख ५१ हजार ८ सय ९६ केजि ओखर आयातबाट यति रकम उठेको हो भने ५ लाख ५० हजार केजी, छोडाएको ओखर १ लाख १ हजार ८ सय ४६ केजी नछोडाएको ओखर आयात भएको छ।

पछिल्लो समय नेपालमा चिनियाँ ओखरको माग बढ्दै गएको र नेपालमा उत्पादन कम भएको कारण चिनबाट आयात बढेको भन्सार अधिकृत खड्काले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्