राष्ट्रिय हितमा मात्रै एमसीसी सम्झौताः प्रवक्ता श्रेष्ठ



न्युज अफ नेपाल, ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसीसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ । उहाले राष्ट्रको हित विपरित नेपालले कुनैपनि सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पार्नुभएको छ ।

प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश समितिका पदाधिकारीसँग आज बिहान आफ्नो निवास हात्तीवनमा कुराकानी गर्दै उहाले कुनैपनि विषयमा निर्णय गर्दा सर्वोपरि हित अनुकुल हुने गरी निर्णय गरिने दोहो¥याउनुभएको छ ।

केन्द्रीय प्रचार विभाग प्रमुख श्रेष्ठले आफुले विभिन्न कार्यक्रममा एमसीसस्को विषयमा व्यक्त गरेको धारणालाई बङग्याएर समाचार प्रकाशन गरेकोमा दुःख व्यक्त गर्नुभएको छ । मैले पत्रकार लाई यो अनुरोध गर्छु कि कुनैपनि विषयमा समाचार संप्रेषण गर्दा हचुवाको भरमा भन्दा पनि गम्भीर हुनु आवश्यक छ । नेता श्रेष्ठलाई राष्ट्रिय सभाबाट निर्वाचित भएकोमा बधाइ दिन संगठनका पदाधिकारी निवास पुगेका थिए ।

संगठनका पत्रकारसंग भेटको क्रममा उहाले देशले क्रान्तिको नया प्रयोग गरिरहेको समेत बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टीको एकता र निर्वाचनबाट जनमत प्राप्तिसँगै शान्तिपूर्ण प्रतिस्पर्धा र उन्नत लोकतन्त्रको मार्गबाट नयाँ ढाँचाको वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यका साथ नेकपा अघि बढेको उल्लेख उहाको धारणा थियो ।

उहाले भन्नुभयो–हाम्रो देशको क्रान्तिको नया प्रयोगलाई विश्वसमुदायले हेरिरहेका छन् , त्यसैले हाम्रो पार्टीको ध्यान नया प्रयोगलाई कसरी सफल बनाउने भन्ने रहेको छ ।

‘नया मोडल स्थापना गरेका छौ, यो मोडललाई फुटेर होइन जुटेर सफल बनाउनु पार्टीको चुनौति रहेको छ–उहको भनाई थियो । कम्युनिष्ट र समाजवादी कित्ताले नेपालको क्रान्ति सफल भएमा त्यसको पाठ हुने दृष्टिले तथा पूँजीवादी र साम्राज्यवादी कित्ताले कम्युनिष्ट नेतृत्व स्थापित होला कि भन्ने शङ्काको दृष्टिले हेरिरहेको छ । त्यसकारण समृद्धि र समाजवादको कार्यभार पूरा गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ त्यसको लागि तपाईहरुको सहयोग आवश्यक छ–उहाको भनाई थियो ।

हामी हाम्रो आन्दोलनलाई सोभियत माडलमा हुबहु लागु गर्न सक्दैनौ, हामीले २१ औ शताब्दीको समाजवाद खोजेका छौ, त्यही अनुसार नया मोडल प्रयोग गरिरहेका छौ–उहाले भन्नुभयो ।

उहाले पार्टीमा गुट, उपगुट र व्यक्तिवाद नभई संस्थागत र पारदर्शिताका आधारमा निर्णय र कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा संगठनका उपत्यका इन्चार्ज सुरोजङ पाण्डे, संयोजक नवराज दाहाल, सहसंयोजक प्रकास सिलवाल लगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्