विप्लवका रौतहट जिल्ला सेक्रेटरीसहित २ जना प्रहरी कब्जामा



सञ्जय कार्की, रौतहट ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरीसहित दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

चितवनको खैरेनी नगरपालिका–१ घर भई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी ३४ बर्षिय सृजना शाही भन्ने दिशर्ना कुमारी शाही र चन्द्रपुर–३ निबासी जिल्ला समिति सदस्य दुर्गा बल लाई ईलाका प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले मकबानपुरको सिमा जोडिएको चन्द्रपुर–३ ईपिलघारीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुबै जना ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन् । सेक्रेटरी सृजना शाही भन्ने र्दशना कुमारी शाहीलाई चन्द्रपुर–३ स्थीत ईन्द्र थिङको घरबाट र दुर्गा बललाई उनको आफनो घर बाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताउनु भयो ।

पक्राउ परेका दुबै लाई जनप्रतिनिधि, उधोगी, ब्यबसायी, कर्मचारी लाई डरत्रास देखाई चन्दा असुल्ने गरेको आरोप लगाइएको छ ।

गएको पौष १५ गते गुजरा नगरपालिका–८ जुगौलिया टोलको एनसेल टावर, गएको माघ १३ गते चन्द्रपुर–२ कलटोलमा रहेको एनसेल टावरमा आगजनी गराई क्षती पुर्याई अपराधिक क्रियाकलाप र गतिविधिमा संलग्न रहेको आरोप समेत लगाइएको छ ।

प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले दुबैमाथि मुलुकी अपराध सहिता ०७४ को परिच्छेद २६ मा अपराधिक प्रवेश तथा अपराधिक उपद्रो कसुरको दफा २८५ को उपदफा ३ अनुसारको मुद्दा चलाईने बताउनुभयो । सो उपदफामा २ बर्ष देखि ५ बर्ष सम्म कैद, २० हजार देखि ५० हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्