टिपरको ठक्करबाट युवकको ज्यान गएपछि आन्दोलन चर्कियो, क्षतिपूर्ति दिनुपर्ने माग



न्युज अफ नेपाल, सुर्खेत ।

टिपरको ठक्करबाट एक युवाको ज्यान गएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।

मंगलबार बिहान टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोट महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएपछि स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन्।

सवारी साधन सञ्चालनमासमेत प्रदर्शनकारीले अवरोध गरेका छन्। चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। प्रदर्शनकारीले बजार पनि बन्द गराउँदै हिँडेका छन्। अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो। प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्