सरकारी वकिलको कार्यालयमा पुगिन आस्था



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ ।

गायिका राउतलाई केहीबेरअघि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो ।

त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सोमबार साँझ ८ बजेसम्म काठमाडौ परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्