चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या सय बढी, कर्मचारीको बिदा बढाइयो



एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय बढी पुगेको छ।

चीनको खूबे प्रान्त प्रशासनका अनुसार मंगलबारसम्म प्रान्तमा १३ सय संक्रमित भएको जानकारी प्राप्त भएको जनाएको छ।

संक्रमितको संख्या बढ्न थालेपछि चीनको प्रशासनले प्रतिबन्धलाई अझ कडा पारेको छ। यसका साथै चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश नजानसमेत आग्रह गरेको छ।

यसैगरी अमेरिकाले पनि आफ्ना नागरिकहरुलाई चीनको यात्रामा ननिस्कन यात्रा निर्देशन जारी गरेको छ।

भूताहा शहरमा परिणत भयो वुहान

खाली सडक, खाली सपिङ मल, खाली कुर्सी, सुनसान खेल मैदान र यदाकदा गुड्ने एम्बुलेन्स।

कोरोना भाइरसको चपेटामा आएपछि वुहान शहरको पछिल्लो हालत हो यो। चीन सरकारले वुहानसहितका आसपासका शहरमा भाइरसको संक्रमण नफैलियोस भनेर आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ। चीनमा हालसम्म यो भाइरसबाट पीडित हुनेको संख्या ३ हजारसम्म पुगिसकेको छ।

चीनको खूबे प्रान्तमा मात्रै कोरोनाको संक्रमणबाट मर्नेको संख्या ५६ बाट ७६ पुगिसकेको छ।

यसैगरी चीनमा अन्य भागमा भने हालसम्म ६ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ।

चीनसँगै विश्वका अन्य देशमा समेत यस भाइरसका संक्रमितहरु भेटिएका छन्। चीनबाहिर यो ४४ को संख्यामा रहेको बताइएको छ।

चीनबाहेक यसका संक्रमितहरू नेपाल, जर्मनी, फ्रान्स, अमेरिका तथा अस्ट्रेलियामा भेटिएका छन्।

संक्रमित भेटिए पनि कसैको मृत्यु भने भएको छैन।

गएको सोमबार मात्र चीनको राजधानी बेइजिङमा ५० वर्षिय एक व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको थियो। बेइजिंमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

बढाइयो कर्मचारीको बिदा
कोरोना संक्रमणबाट सावधानी अपनाउँदै चीन सरकारले शांघाइ शहरमा १० फरवरीसम्म कार्यालयहरू खोल्न प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध चिकित्सा तथा औषधि कम्पनी बाहेकलाई लगाइएको हो।

प्रतिक्रिया दिनुहोस्