बन्दीपुर महोत्सव हुँदै



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले सांस्कृतिक सम्पदाको विरासत रहेको बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले यही माघ १७ र १८ गते रेबान बन्दिपुर फेस्ट २०२० आयोजना गर्ने भएको छ।सो कार्यक्रम रेवानका महासचिव एकराज अधिकारी कोषाध्यक्ष नरेशध्वज श्रेष्ठ र विप्पन भट्टको संयुक्त संयोजकत्वमा हुन लागेको हो।

कार्यक्रमका संयोजक श्रेष्ठले आफूले विगत २ दशकदेखि नेपाली र विविध जातजातिलगायत विशेष नेवारी खानाका परिकारहरूमा सगालेको अनुभवलाई र जर्मन, अस्ट्रिया र इटालीलगायत विभिन्न मुलुकमा भएको खाना महोत्सवमा पाएको उत्कृष्ट सम्मानको कदर गर्दै महोत्सवमा नेपाली विभिन्न जातजातिका विविध परिकारका खानाहरू रेवान पोखरा र सौराहासँगै केन्द्रको प्रवद्र्धनमा खाना महोत्सव समेत हुने जानकारी गराउनुभएको छ।

साथै नेपाल आइडलका गायकहरू निशान भट्टराई, योजना पुरी, मनिषा पोखरेललगायत अन्य कलाकारको विशेष प्रस्तुतिसँगै विविध नेपाली सांस्कृतिक कार्यक्रमसमेत हुने बताइएको छ।

महोत्सवका लागि अग्रिम टिकट प्याकेज खरिद गर्न रेबान केन्द्रीय कार्यालय, झम्सीखेल, दरबारमार्गको ओपीएम रेस्टुरेन्ट, ठमेलको केटु रेस्टुरेन्ट झम्सीखेलको सेभेन सिजन रेस्टुरेन्ट तथा मिठो थकाली र नर्थफिल क्याफे, महाबौद्धको एनडिज क्याफेका साथै द बेकरी क्याफेका हरेक आउटलेटमा टिकट खरिदका लागि व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्