केराको ममले तान्यो कुस्मेलीलाई



दुर्गाप्रसाद शर्मा, पर्वत।

मेला महोत्सवहरूमा विभिन्न उत्पादन र परिकारले दर्शकको ध्यान तान्छन। पर्वतको कुस्मामा जारी पर्वत महोत्सबमा भने केराको मःमले सबैभन्दा बढी दर्शकको ओइरो लाग्न थालेको छ।‘

मैले जीवनमा कहिले पनि केराका यस्ता खालका परिकार चाखेको थिइनँ तर केराको ममखाँदा आनन्द आयो स्वाद गज्जब रहेछ।’ छैटौँ पर्वत महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक ठाकुर बी. पौडेलले भन्नुभयो –‘महोत्सवमा केराका परिकारले राम्रै ठाउँ पाएको छ।

केराको ममर पकौडा खानेहरूको लाइन छ।’पर्वत महोत्सवको मूल स्टेजको नजिकै १२ नं. स्टलमा ‘कुस्मा केरा ममघर’ छ। होटेलको रूपमा राखिएको स्टलमा पाक्ने धेरै खानेकुराहरू केराबाट नै तयार पारिएका छन्। केराको ममपाकिरहेको छेवैमा केराको अचार, केरा फ्राई, केराको पकौडा पनि तयार छन्।

पसलमा जानेमध्ये धेरैले जीवनमा केराको मम र पकौडाको स्वाद चाख्न पाउनु फरक कुराको अनुभव गर्न पाउनु भएकाले पनि स्टल खोजी खोजी ममखान आएको बताउँछन्। ‘बजारमा चिकन, भेज र बफ ममको मात्रै नाम सुनेकी थिएँ।

यहाँ आएको त केराको मःम पाइन्छ भनेर लेखेको देखेँ। अचम्म लागेर स्वाद लिन आएकी।’ मम खाँदै गरेकी एक जना विद्यार्थी प्रजु सुवेदीले भन्नुभयो ‘राम्रो हुने रहेछ, स्वाद मिठो लाग्यो अब पकौडा र अचार पनि चाखेर फर्किने हो।’

स्टलका सञ्चालक कुस्मा नगरपालिकाकै भगवान् पोखरेलले केराको मम पसल सञ्चालनमा ल्याउनुभएको हो। व्यवसायका आधारमा उहाँ इलेक्ट्रिसियन हुनुहुन्छ। होटेल व्यवसाय सञ्चालन गरेको अनुभव नभएको भए पनि आपूmले दुई वर्षअगाडि चितवनमा लागेको महोत्सवमा केराको ममचाख्न पाएको सुनाउनुभयो।

‘न त मैले होटेल चलाएको, न त मम पकाउन जानेको मान्छे।’ पोखरेलले भन्नुभयो– ‘पर्वत जिल्लामा अहिलेसम्म केराको ममपाकेको थाहा पाएको छैन। यहाँका लागि नौलो हुन सक्छ भन्ठानेर नै नयाँ प्रयोग गरेको हुँ।’

महोत्सवमा आउने धेरैले काँचो केराबाट तयार पारिएका परिकारहरू मन पराएपछि गाउँ–गाउँबाट काँचा केरा खरिद गरिरहेको तर अपुग नै रहेको सञ्चालक भगवानको भनाइ छ। मानवीय स्वास्थ्यको लागि पनि केरा राम्रो हुने भएकाले पनि केराका परिकारमा धेरैको आकर्षण रहेको उहाँको भनाइ छ।

भविष्यमा केराको ममनै पकाएर राम्रो आम्दानी सहितको जीविकोपार्जन गर्न सकिने लक्ष्य लिएका उनले नयाँ प्रयोग गर्ने हो भने सफल हुन कठिन नहुने र महोत्सव चलिरहेको वेला रातभर ७/८ जनाले मःमःका डल्ला तयार पार्ने बताउनुहुन्छ।

एक प्लेट ममको १ सय २० देखि १ सय ५० रुपियाँ, एक प्लेट पकौडाको ७० रुपियाँ, एक प्लेट अचारको ५० रुपियाँ र एक प्लेट केरा फ्राईको मूल्य १ सय रुपियाँ तोकिएको छ।

महोत्सवमा आउने दर्शकदेखि कलाकार तथा अन्य अतिथिहरूले पनि स्टेजमा बस्दा केराको ममपसल देखेर पसलमै पुगेर स्वाद लिने गरेको पोखरेलले बताउनुभयो। होटेलमा एकै दिनमा ६ सय प्लेटभन्दा बढी ममबिक्री भएको होटेलमा ममतयार पार्ने दीपेन्द्र सुवेदीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्