स्मार्ट फोनको टावरमा आगो लगाइयो



गुल्मी, (नेस)।

गुल्मीमा स्मार्ट फोनको टावरमा आगलागी भएको छ। धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको टावरमा अज्ञात समुहले आगो लगाएको छ।आइतबार मध्यरातमा १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

टावरको ओडि बक्स पूर्ण रुपमा जलेकाले स्मार्ट फोनको नेटवर्क अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभयो।

घटनास्थलमा वस्तु प्रहरीचौकीबाट प्रहरी पुगेको छ। करिव पाँच बर्षदेखि धुर्कोटनजिकै स्थानीय कमल थापाको बारीमा स्मार्ट फोनको टावर राखिएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कोटमा अन्य संचार माध्यमका टावर तथा सञ्चार उपकरण भए पनि कुनै क्षति भएको छैन्।

प्रतिक्रिया दिनुहोस्