ग्लोबलको विजयी सुरुआत



काठमाडौं, (नेस)

डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुलले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ। पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा ग्लोबलले ऋतिक न्यौपानको गोलमा माउन्ट सेबलाई १–० गोलले पराजित ग¥यो।

प्रतियोगिताको एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र आयोजक संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) का अध्यक्ष आरबी कट्वालले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे।

प्रतिक्रिया दिनुहोस्