मेगा बैंकद्वारा आँखा शिविर सञ्चालन



मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सर्वसाधारण लाभान्वित भएका छन्। नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लब अफ वीरगन्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो।

शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका थिए। जसमध्ये एक सय जनामा रक्तन्धो भेटिएको थियो। त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्