प्रभु बैंकको म्याग्दी एक्सटेन्सन काउन्टर



प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले काउन्टरको उद्घाट्न गर्नुभएको हो।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको बैंकको भनाइ छ।

प्रभु बैंकले २०५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ४५ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामार्पmत बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्