प्रम वुहानमा



बेइजिङ, (एजेन्सी)।

नयाँ कोरोना भाइरसको संक्रमणका कारण चीनमा ज्यान जानेको संख्या सोमबार ८१ पुगेको सरकारी समाचार निकाय सिन्हवाले जनाएको छ। यसैगरी संक्रमित हुनेको संख्या पनि झण्डै तीन हजार पुगेको पुष्टि भइसकेको छ।

संक्रमण फैलिनमा रोक लगाउने उद्देश्यले चिनियाँ चान्द्रिक नयाँ वर्ष तीन दिन लम्ब्याएर आइतबारसम्म पुर्याइएको छ। सोमबार चिनियाँ प्रधानमन्त्री लि केक्वियान कोरोना भाइरसको शुरूवात भएको स्थान हुवेइ प्रान्तको रााजधानी वुहान शहर पुगेका छन्। हुवेइमा मात्रै मृतकको संख्या ५६ बाट बढेर ७६ पुगेको हो।

 

 

प्रतिक्रिया दिनुहोस्