ट्रेलरमा ताकतवर



आगामी चैतमा रिलिज गर्ने तयारी गरिएको फिल्म ताकतवरको ट्रेलर सार्वजनिक गरिएको छ। जीआर प्रोडक्सन र आर्ट मुभिजको संयुक्त प्रस्तुतिमा निर्माणाधीन फिल्मको ट्रेलरले ताकतवर प्रेम र एक्सनमा भएको प्रस्ट्याएको छ।

गजेन्द्र रञ्जितको निर्देशन तथा आरती शाही र निर्देशक स्वयंको निर्माणमा निर्माणाधीन फिल्ममा नारायण कृष्णमहर्जन, सुनील विष्ट (गौले), बद्री फुँयाल सहनिर्माता रहेका छन्।

सविन श्रेष्ठ, धु्रव कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुसाललगायतको अभिनय रहेको फिल्ममा सुनील प्रकाश श्रेष्ठको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन, रामेश्वर हुमागाईंको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ। फिल्म चैतको दोस्रो साता रिलिज गर्ने तयारी निर्माण समूहको रहेको छ।

प्रतिक्रिया दिनुहोस्