बिप्लव समूहका रौतहट सेक्रेटरी शाही पक्राउ



संजय कार्की,रौतहट ।

नेत्रविक्रम चन्द नेतृत्वको माओबादी रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बल लाई रौतहट बाट पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले मकबानपुर सिमा जोडिएको चन्द्रपुर-३ ईपिलघारी बाट दुबैलाई बिहान ४ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनु भयो ।

सृजना शाहीलाई चन्द्रपुर-३ स्थीत ईन्द्र थिङको घर बाट र दुर्गा लाई उनकै घर बाट पक्राउ गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्