हट्यो कांग्रेसको ‘डेडलक’ 



g]kfnL sfFu|];sf] !#cf} dxflwj]zgdf gjlgjf{lrt ;efklt z]/axfb’/ b]pjf nfO{ d»naf/ jf]xf]/f6f/l:yt lgjf;df lrofkfg sfo{qmdsf] cfof]hgf u/L awfO{ tyf z’esfdgf lbFb} al/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f,/f;;
रामकृष्ण चापागाईं, काठमाडौं। 
नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशनको कार्यतालिका परिवर्तन गर्दै सात सदस्यीय क्रियाशील सदस्य छानबिन समिति बनाउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकले २०७७ फागुन ७ गते महाधिवेशन गर्ने गरी सार्वजनिक गरिएको कार्यतालिका कायम राख्दै स्थानीय तहको अधिवेशन परिवर्तन गर्ने निर्णय गरेको हो।

यसअघिको कार्यतालिकामा २०७७ मंसिर ९ देखि पुस १५ गतेभित्र गाउँ, नगर, क्षेत्र र जिल्लाका सबै अधिवेशन गरिसक्नुपर्ने उल्लेख थियो। अब भने कात्तिकको दोस्रो साताबाट नै तल्लो तहको अधिवेशन शुरू हुनेछ।

नयाँ कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ कात्तिक १६ गते, गाउँ/नगरपालिकाको कातिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा  कातिक २३ र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा कात्तिक २५ तथा प्रदेश अधिवेशन मंसिर २९ गते गरिनेछ।

उक्त बैठकले सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय गरे पनि यसको संयोजक र सदस्य सभापति शेरबहादुर देउवाले पछि तोक्ने सहमति भएको छ। कांग्रेसको अर्काे बैठक माघ २३ गते बस्ने भएको छ।

उक्त बैठकमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित सोमबार पारित कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियममा छलफल गरिने छ।

गत शुक्रबार सभापति देउवानिवास बूढानीलकण्डमा भएको शीर्ष नेताहरूको छलफलमा नेपाल विद्यार्थी संघका (नेविसंघ), तरुण दलमा भागवण्डा गर्ने र महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने सहमतिपछि केन्द्रीय बैठक बसेको हो।

यद्यपि उक्त बैठक बस्दै गर्दा पार्टी केन्द्रीय कार्यालयमा नेविसंघका नेताहरूबीच झगडा भएको थियो। नेविसंघमा उमेरहद कायम राख्ने कि हटाउने भन्ने विवाद कायम छ।

तर काँग्रेसका शीर्ष नेताहरूबीच ३२ वर्षीय उमेर हद हटाएर नेविसंघको तदर्थ समिति गठन गर्ने सहमति भएपछि विद्यार्थीहरू आमरण अनसन बस्न पार्टी कार्यालय पुगेका थिए।

के भयो निर्णय ?

  •  पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्ने अवधि–२०७६ माघ मसान्तभित्र
  •  विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि–२०७६ फागुनदेखि २०७६ चैत्र मसान्तसम्म 
  •  प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि–२०७७ वैशाख मसान्तभित्र
  •  नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि–२०७७ जेष्ठ १५ गतेभित्र 
  •  उजुरीउपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नुपर्ने अवधि–२०७७ जेष्ठ मसान्तभित्र 
  •  क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नुपर्ने अवधि–२०७७ असार १५ गतेभित्र 
  •  उजुरी/पुनरावेदनउपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नुपर्ने अवधि–२०७७श्रावण १५ गतेभित्र
  •  नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि–२०७७ श्रावण २५ गतेभित्र
  •  केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि–२०७७ श्रावण मसान्तभित्र

प्रतिक्रिया दिनुहोस्