रिटमाथि बहस शुरू



काठमाडौं, (नेस) ।

व्यक्ति हत्याको आरोप लागेका अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन नहुने माग गर्दै दायर रिट निवेदनमाथि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सोमबारदेखि बहस शुरू भएको छ।

काभ्रेपलाञ्चोक जिल्लाका अर्जुन लामाको हत्या गरेको आरोप लागेका सापकोटाविरुद्ध सो जिल्लाको प्रहरी कार्यालयमा जाहेरी परेको छ। २०६४ सालमा नै जाहेरी दर्ता गरिएको भए पनि हालसम्म त्यसको अनुसन्धान भएको छैन।

गम्भीर आरोप लगाई अनुसन्धानका क्रममा रहेका व्यक्तिलाई सभामुख बनाउन नहुने रिट निवेदनमा उल्लेख गरिएको छ। रिट निवेदनको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएका कारण सोमबार बहस नसकिएकाले मंगलबार पुनः बहस हुने भएको छ।

मंगलबार बहस सकिएमा अन्तरिम आदेशबाट सापकोटालाई सभामुखमा काम गर्न नदिने वा अन्तरिम आदेश नदिई कार्य गर्न सहज बनाउने भन्ने सम्बन्धमा निर्णय हुनेछ।

प्रतिक्रिया दिनुहोस्