माटो खानीमा पुरिएर सासू बुहारीको मृत्यु



न्युज अफ नेपाल, जुम्ला ।

जुम्लामा घर पोत्ने रातो माटो ल्याउन गएका दुई जनाको माटो खानीमा पुरिएर मृत्यु भएको छ । माटो खानीमा पुरिएर मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनार रहेको प्रहरीले जनाएको छ । नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएका सासू सुनार र बुहारीको माटो खन्ने क्रममा खानी भासिएर घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । माटो खन्ने क्रममा खानी भासिएको थियो । आजै मृतक दुबैलाई शवपरीक्षणका लागि अस्पताल पुर्याइएको छ भने घाइते दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्