अफगानिस्तानमा विमान दुर्घटना



काठमाडौं ।

पूर्वी अफगानिस्तानमा १ सय १० यात्रु सवार एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटना भएको छ। एरियाना अफगान एयरलाइन्सको विमान तालिबानीको नियन्त्रणमा रहेको पूर्वी गजनि प्रान्तमा सोमबार दिउँसो १ बजे दुर्घटनाग्रस्त बनेको हो ।

दुर्घटनामा के कति क्षति भयो भन्ने जानकारी हुन सकेको छैन् । गजनी प्रान्तका गभर्नरका प्रवक्ता आरिफ नूरीले स्थानीय समय अनुसार १ बजे देह याक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको बताएका छन। हिन्दुुकुश पर्वत श्रृंखलामा पर्ने उक्त प्रान्तमा निकै चिसो भएकाले थप जानकारी आउन समय लाग्ने बताइएको छ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्