झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध



सरस्वती न्यौपाने, रसुवा ।
अन्तराष्ट्रिय नाकाले परिचित एक मात्रै उत्तरी नाका रसुवागढीबाट झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार धरेलु प्रयोजन, बिवाह, ब्रतबन्ध र कुनै कार्यका लागी भन्दै झोला, पोकामा सामान आयातको बृद्धि भएपछि बिना इजाजत झोला तथा पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको बताउनु भयो ।

माघ १० गतेसम्म आयात निर्यात भएको सामाग्रीहरुबाट भन्सार शुल्क करिब १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व संकलन भएको छ । सशस्त्र प्रहरी भन्सार सुरक्षा एवम राजश्व चुवाहट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायव उपरिक्षक लक्ष्मण थापाले विना इजाजत ल्याउन खोजेका झोले पोके व्यापारिलाई रोक लगाइएको बताउनुभयो । शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारिको सामान जफतसमेत गरिने बताइएको छ भने स्थायि लेखा नम्बर र वाणिज्य दर्ता प्रमाण–पत्र लिई आयात निर्यात गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न भन्सार कार्यालयले आग्रह समेत गरेको छ ।

२०७२ साल वैशाख १२ को भुकम्पले सिन्धुपाल्चोकमा रहेको तातोपानी नाका बन्द भएपछि २०७२ कै मंसिर १५ बाट अनौपचारिक रुपमा रसुवा नाका घोषणा भएपछि व्यापारिक कारोबार सुरु भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट रसुवागढि नाकालाई व्यवस्थित बनाउन पूर्वाधारको कार्य धमाधम अगाडि बढेको र अवको दुई वर्षमा पुर्णरुपमा सहज हुने विपद व्यवस्थापन समितिका अध्यक्ष एवम रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

चिनको तिब्बतमा ल्होसार र पर्व चलिरहेकाले मंसिर ७ गतेदेखि एक महिनाका लागी केरुङबाट सामान भन्सार हातामा प्रवेश गरिसकेका करिव एक सय पचास कन्टेनर डिब्बा आएका सामानको परिक्षण तथा जाँचपास गर्ने कार्य अगाडी बढिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्