सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई



यमलाल भुसाल, बुटवल ।

नवनिर्वा्चित राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले सरकार र पार्टीले गरेका निर्णय जनप्रतिनिधिको हैसियतले कार्यान्वयन गर्न आफुले भूमिका खेल्ने बताउनु भएको छ् ।
जनप्रतिनिधि सरकार, पार्टी र जनताबीचको मध्यस्थकर्ता भएको भन्दै उहाँले यसका लागि आफूले इमान्दारी र निष्ठापुर्वक काम गर्ने बताउनु भयो । तिलोत्तमा नगरपालिका वडा नम्बर १, २, ३ र ४ ले सोमबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताउनु भएको हो ।
निष्ठा र इमान्दारीतापुर्वक काम गरेकै कारण पार्टीले आफ्नो मूल्यांकन गरी जनप्रतिनिधिको हैसियतमा उभ्याइदिएको भन्दै उहाँले आफूप्रतिको विश्वासलाई कत्ति पनि डगमगाउन नदिने बताउनस भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले संघीय संसदमा रहेर जनताको पक्षमा प्रभावकारी भूमिका खेल्ने अवसर प्राप्त भएकोमा बधाई दिंदै राजनीतिप्रति देखाएको त्यागको पार्टीले मूल्यांकन गरेको बताउनु भयो ।
त्यस अवसरमा वडा नम्बर १ का वडाध्यक्ष तामनाथ पाण्डे, २ का अध्यक्ष दधिराम गौतम, ३ का अध्यक्ष टंक तिवारी, ४ का अध्यक्ष दिवाकर ढकाल, नेता लक्ष्मण ज्ञवाली, विशलेषक अर्जुन ज्ञवालीलगायतले नवनिर्वा्चित सांसद भट्टराई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्