सभामुख सापकोटाद्वारा नेकपाबाट राजीनामा



न्युज अफ नेपाल, काठमाडौँ ।

अग्निप्रसाद सापकोटाले सोमबार सभामुखमा सपथग्रहण गरेपछि राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अलग्गिएको बताएका छन्।

सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाह गर्न नेकपाबाट अलग भएको बताएका हुन् । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित नेकपा सांसद तथा नेकपा स्थायी कमिटी सदस्य थिए।

सभामुख सापकोटाले निकालेको विज्ञप्तिमा भनिएको छ–
‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’

प्रतिक्रिया दिनुहोस्