अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजानी



मनिषा केसी, रुकुम ।

रुकुम पश्चिमको बाँफीकोट गाँउपालिका –९ स्थित वडा कार्यालयमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले वडा कार्यालय तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्यूटर, प्रिन्टर, क्यामरा र रसिद लगायत सामान जलाएको प्रहरीले जनाएको छ ।

कार्यालयको सामाग्री कोठाबाहिर निकालेर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले बताउनुभयो ।

राति १० बजेतिर वडा कार्यालयको सामान जलिरहेको प्रहरीले जनाएको छ । वडा कार्यालयका फर्निचर, कुर्सी सोफासेटका साथै तीन वर्षदेखिका महत्वपूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष कविराम खत्रीले बताउनुभयो ।

आगजनीबाट वडा कार्यालयको अनुमानित तीन लाख रुपियाँ बराबरको सामाग्री क्षति भएको उहाँको भनाइ छ । उहाँका अनुसार उक्त समूहले कार्यालयका सामाग्रीहरू कोठाबाहिर निकालेर आगो लगाएको छ । वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

वडा कार्यालयको सामाग्री कसले, किन जलाएको नखुलेको र अनुसन्धान भइरहेको डिएसपी केसीले बताउनुभयो । आगजनीको खबर पाएलगत्तै राति नै प्रहरी वडा कार्यालय पुगेर मुचुल्का उठाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्