कांग्रेस प्रदेश उपनेतामा भडेल



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णलाल भडेल नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ माघ २६ गतेको बैठकद्वारा स्वीकृत प्रदेशसभा संसदीय दलको विधानअनुसार भडेललाई उपनेतामा नियुक्त गरिएको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

दुई वर्षपछि भडेललाई सोमबार उपनेता नियुक्त गरिएको हो । भडेल मंसिर २१ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित हुनुभएको हो । यसअघि संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भए पनि उपनेता चयन भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्