डडेलधुराको पूर्वाधार विकास कार्यालयमा कुकर बम बिष्फोट



राम धामी, डडेल्धुरा ।

डडेलधुराको सदरमुकाम किर्तिपुरस्थित पूर्वाधार विकास कार्यालयमा आईतबार राती साढे १२ बजे प्रेसर कुकर बम बिष्फोट गरिएको छ । सशस्त्र युद्धकालिन अबस्थामा जस्तै सदरमुकाममै बम बिष्फोट भएपछि स्थानीय सन्त्रस्त बनेका छन ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगतको पूर्बाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा एकाएक प्रेसर कुकर बम बिष्फोट भएपछि कार्यालय प्रबेश गर्ने मुख्य ढोकामा क्षति भएको छ भने रातीनै घटनास्थलको बारेमा एकिन नहुँदा बिहानसम्म स्थानीयबासीलाई त्रसित बनाएको बम बिष्फोटको आवाज सुन्ने स्थानीय बताउछन ।

सुरक्षा निकायको नजिकै रहेको उक्त कार्यालयमा बम बिस्फोटपछि यथाशिघ्र घटनास्थलमा पुग्नु पर्नेमा सोमबार बिहान ८ः३० बजे मात्र प्रहरी घटनास्थल पुगेको भन्दै प्रहरीले लापरवाही गरेको गुनासो गरेका छन । बम बिष्फोटबाट क्षति सामान्य भए पनि घटनाले आतंकित बनाएको स्थानीय बताउँछन । कार्यालयको बरण्डामा बम बिष्फोट गराईएको र कार्यालय भवनको प्रवेशद्वारमा प्रेसरकुकर बमका टुक्राहरु काठको ढोका घुसेर क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यालय नजिकैको बस्तीतिर क्षति पुग्नेगरि बम विष्फोट गराइएकोमा स्थानीयले आपत्ती जनाएका छन । घटना जसबाट भएको भए पनि उचित नभएको स्थानीय अगुवा सुरेश भट्टले बताए ।

विकासे अड्डा भएकाले कार्यालयको कार्यशैली प्रति असन्तुष्टि व्यक्त भएको हो कि चन्दामा कुरा नमिलेको हो भन्ने आशंका स्थानीय जानकारहरुको छ । डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार शाखा डडेल्धुराको एक सय मिटर मात्र टाढा रहेको छ । कारागारमा ड्युटीमा रहेका सुरक्षाकर्मीले बम विस्फोट भएलगत्तै सम्बन्धित निकायमा जाहेरी गरेको जनाएका छन । १० वर्षे कहालीलाग्दो ससस्त्र द्वन्दको पीडाबाट शान्ति प्रकृयामा अघि सरेको मुलुकमा बिभिन्न बाहनामा हुने यस्ता घटनाहरु निन्दनीय भएको नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्