चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन, बास्केटबलप्रमी शोकमा डुबे



एजेन्सी, हेलिकप्टर दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको दुर्घटनामा उनी, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यममा उल्लेख छ ।

४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो। लस एन्जल्स काउन्टी शेर्रिफले घटनामा कोही पनि जिवित नभेटिएको जनाएको छ।

घटना त्यहाँको स्थानिय समय अनुसार बिहान १० बजे भएको थियो। पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान खेलाडीमध्येको एक मानिन्छ।

उनको निधनमा सेलिब्रेटी तथा उनका समकालिन खेल स्टारहरूले उनको असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका छन्। ‘हुन सक्दैन, भगवान यो होइन, यो हुनै सक्दैन’ बास्केटबल खेलाडी केभिन लभले आफ्नो ट्विटरमा लेखेका छन्।

त्यसैगरी एनबिएले एक वक्तव्य जारी गर्दै केबे ब्रायन्ट र उनकी १३ वर्षिया छोरीको ज्यान जाने गरी भएको घटनाबाट आफूहरु अत्यन्त दुखी भएको बताएको छ।

‘२० सिजनसम्म कोबेले हामीलाई अतुलनिय प्रतिभाको शतप्रतिशत लगनले कस्तो जित हात पार्न सकिन्छ भन्ने देखाएका थिए’ जारी वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्