विद्यालय सुधारका लागि शिक्षक विद्यार्थी अन्तरक्रिया



बासुदेव शर्मा, जाजरकोट।

जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यामिक विद्यालयले शैक्षिक सुधारका लागि शिक्षक विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम गरेको थियो।

जिल्लाकै पुरानो विद्यालय त्रिभुवन माध्यामिक विद्यालयलाई नमुना कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले शिक्षक विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो।

सुरक्षित शौचालय नहुँदा सौच गर्न विद्यार्थीहरूलाई समस्या हुने भएकाले छात्रछात्राका लागि फरक–फरक शौचालय हुनुपर्ने, विद्यालयको कम्पाउन्ड नहुँदा जोकोही विद्यालयमा प्रवेश गर्दा विद्यालय असुरक्षित भएकाले तत्काल विद्यालयले कम्पाउण्डको व्यवस्था गर्नुपर्ने बताउनुभयो।

२००९ सालमा स्थापना भएको त्रिभुवन माध्यामिक विद्यालय जिल्लाकै जेठो विद्यालय हो। नमुना विद्यालय बनाउने दायित्व शिक्षक विद्यार्थीको भएकाले कमीकमजोरी पत्ता लगाउन शिक्षक विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको प्रधानध्यापक हेरम्वबहादुर शाहले बताउनुभयो।

कक्षा ७ मा अध्ययनरत छात्रा राधा विष्टले जिल्लाकैै पुरानो जाजरकोट सदरमुकाम खलंगामा रहेको विद्यालयमा सुरक्षित शौचालय नहुँदा सौच गर्न विद्यार्थीहरूलाई समस्या हुने भएकाले छात्रछात्राका लागि फरक–फरक शौचालय हुनुपर्ने, विद्यालयको कम्पाउन्ड नहुदाँ जोकोही विद्यालयमा प्रवेश गर्दा विद्यालय असुरक्षित भएकाले तत्काल विद्यालयले कम्पाउण्डको व्यवस्था गर्नुपर्ने बताउनुभयो।

त्यस्तै कक्षा १० मा अध्ययनरत छात्रा टीका शाहीलगायत विद्यार्थीहरूले पठनपाठन निरन्तर हुनुपर्ने, पाठ्यपुस्तकभन्दा पनि बाहिरी कुराको ज्ञान दिनुपर्ने, विज्ञान प्रविधिको युग भएकाले विद्यायलमा कम्प्युटर भए पनि कम्प्युटर पढाइ नहुनु, अध्ययनको लागि लाइबे्ररीलाई व्यवस्थित गर्नुपर्ने, विद्यालयले उपलब्ध गराउने डे«स टाई, बेल्ट समयमा पाउनुपर्ने, शिक्षकले विद्यालय आउँदा विद्यालय पोसाक अनिवार्य लगाउनुपर्ने, शिक्षकले लै·िक विभेद गर्ने गरेको, विज्ञान विषयलाई ल्याबको प्रयोगमा ल्याउनुपर्ने, कक्षाकोठामा सीसी क्यामरा जडान गर्नुपर्ने, छुटेका पाठलाई पूरा गर्नुपर्ने, खेलकुद प्रतियोगितामा छात्रालाई समावेश गराउनुपर्ने, समयसमयमा अतिरिक्त क्रियाकलाप सञ्चालन, विद्यालयबाट हराएका सामाग्रीहरू विद्यालय प्रशासनले खोजी गर्नुपर्ने, कक्षा १२ सम्म दलित विद्यार्थीहरूलाई नेपालको संविधानले निःशुल्कको व्यवस्था गरे पनि शुल्क लिने गरेकाले शुल्क नलिने व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका थिए।

प्रधानाध्यापक हेरम्वबहादुर शाहले आगामी असार मसान्तसम्म शिक्षक विद्यार्थी अभिभावकले अनुभूति गर्ने गरी पूर्वाधार विकास निर्माण गर्ने, शैक्षिक सुधार गर्ने बताउनुभयो।

शिक्षा विभागबाट त्रिभुवन माध्यामिक विद्यालयलाई नमुना विद्यालयका रूपमा सूचिकृत गरी यस वर्ष १ करोड ५० लाख बजेट उपलब्ध गराएको बताउँदै नमुना विद्यालयको डीपीआर निर्माण तत्काल शुरु हुने, कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट ५० लाख बजेट भवन निर्र्माणका लागि उपलब्ध गरेकाले विद्यालय प्रशासन, व्यवस्थापन समितिले बजेट कार्यान्वयन गर्न लागेको प्रधानाध्यापक शाहले बताउनुभयो।

अन्तरक्रियाले विद्यार्थीहरूबाट सकारात्मक कुरा आएकाले आगामी दिनमा सुधार गर्दै जाने बताउनुभयो। विद्यार्थी शिक्षकको सम्बन्ध नङ, मासुको जस्तै भएकाले विद्यार्थीहरूले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो।

त्रिभुवन माध्यामिक विद्यालय नमुना विद्यालयका लागि छनोट भई कार्यान्वयनको चरणमा प्रवेश गरेकाले नमुना विद्यालय निर्माणका लागि शिक्षक विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। विद्या र बुद्धिको मन्दिर भएकाले विद्यार्थीहरूलाई अनुशासित भएर ज्ञान आर्जन गर्न आग्रह गर्नुभयो।

सहायक प्रधानाध्यापक हरिबहादुर बस्नेतले विद्यार्थीहरूले विद्यालयले निर्माण गरेको आचारसंहिताअनुसार विद्यालयप्रतिको भूमिका निर्वाह गर्नुपर्ने, विद्यार्थीहरूले अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो।

जाजरकोट सदरमुकाम खलंगामा २००९ सालमा स्थापना भएको हो। जिल्लाको जेठो विद्यालयका रूपमा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गरेको छ। यस विद्यालयमा कक्षा ६ देखि १२ सम्म ९ सय ८३ जना विद्यार्थीहरूले अध्ययन गर्ने गरेका छन्।

माध्यामिकतर्फ १३ जना, निम्नमाध्यामिकतर्फ खेलकुद शिक्षकसहित ९ जना जम्मा २२ जना शिक्षकहरू रहेका छन्। लाईब्रेरीतर्फ १ लेखापल १ जना कार्यालय सहयोगी २ जना रहेको विद्यालयमा कार्यरत कर्मचारीहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्