५६ को मृत्यु



बेइजिङ, (एजेन्सी)।

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको तथा झण्डै दुई हजार जना यसबाट प्रभावित भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन््।

त्यसैगरी बिरामी भएका मध्ये ३ सय २४ जनाको अवस्था गम्भीर रहेको पनि राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। संक्रमणबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किसकेका तथा तिनीहरुमाथि पनि विशेष निगरानीमा राखिएको बताइएको छ।

यो कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने सबैभन्दा बढी प्रभावित १८ शहरमा यातायात साधन चलाउनसमेत रोकिएकोे छ।

प्रतिक्रिया दिनुहोस्