लडाकू मारिए



काबुल, (एजेन्सीे )।

अफगानिस्तानको राजधानी काबुलनजिक भएको दोहोरो भिडन्तमा कम्तीमा १६ जना तालिवान लडाकू मारिएको आइतबार प्रहरीले जनाएको छ।

तालिवान लडाकूहरुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो सो भिडन्त भएको थियो।

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारीअनुसार तालिवान लडाकूहरुमाथि नै लक्षित गरेर हवाई आक्रमण गरिएको थियो।

घटनास्थल काबुलदेखि ३ सय ५ किलोमिटर उत्तरतर्फ पर्दछ। घटनाका बारेमा तालिवान लडाकूहरुको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्