गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित,स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइयो



न्युज अफ नेपाल,काठमाडौं ।

केही दिन अघिमात्रै त्रिभुवन बिमानस्थलमा एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् ।

उनी नातेदारसहित आज बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । परिवारको समन्वयमा उनी सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेकी हुन् ।

राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्