खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको बैठक सम्पन्न



काठमाडौं, (नेस)।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय कार्यसमितिको दुई दिने बैठक बन्धुबीचको आपसी सम्बन्ध थप सुदृढ पार्नेलगायत विभिन्न भावी नीति तय गर्दै सम्पन्न भएको छ।

माघ १० र ११ गते प्रदेश नम्बर २ को धनुषाको लालगढमा भएको बैठकले विगतमा भएका निर्णयको कार्यान्वयनलाई जोड दिँदै खप्तडी बुढाथोकी (क्षेत्री)बीच आपसी सम्बन्ध थप सुदृढ पार्ने, कुल परम्परा र वंशावलीको खोजी गर्ने उद्देश्यले भावी रणनीति तय गरेको केन्द्रीय अध्यक्ष विकेन्द्र दीपकुमार बुढाथोकीले बताउनुभयो।

बैठकले महासचिव डम्बरबहादुर बुढाथोकीले प्रस्ुतत गर्नुभएको सांगठनिक तथा कोषाध्यक्ष डिल्लीकुमार बुढाथोकीले प्रस्तुत पर्नुभएको २०७७ असारसम्म्को आर्थिक प्रतिवेदन सुझाबसहित पारित गर्नुका साथै यस अघि गठन भएका जिल्ला कार्यसमितिबाट बन्धुहरूको जिल्लागत लगत संकलन २०७७ असार मसान्तसम्ममा लिइ सक्ने र विभिन्न जिल्लामा शाखा कार्यालय स्थापनाका लागि अनुमती दिनेलगायत निर्णय गरेको समाजका उपमहासचिव तथा सूचना, सञ्चार तथा प्रकाशन विभाग संयोजक पुष्करराज बुढाथोकीले बताउनुभयो।

यसै गरी बैठकले संस्कृति, कुल तथा वंशावली विभागको जिम्मेवारी केन्द्रीय सदस्य खड्गबहादुर बुढाथोकीलाई दिने र सातवटै प्रदेशका सचिवले केन्द्र र जिल्लासँग समन्वय गरी समिति गठन हुन बाँकी रहेका प्रदेश तथा जिल्लामा समिति गठनका लागि पहल गर्न जिम्मेवारी प्रदान गरेको छ।

बैठकले कार्यालय व्यवस्थापन, कन्ेद्रीय भवन निर्माणका लागि भएका प्रगति विवरण, आगामी वर्ष २०७७ को क्यालेन्डर प्रकाशनका लागि समेत निर्णय र पहल गरेको छ।

उक्त बैठकमा केन्द्रीय अध्यक्ष विकेन्द्र दीपकुमार, वरिष्ठ उपाध्यक्षगणेश बुढाथोकी, उपाध्यक्ष हरिबहादुर बुढाथोकी ‘शंकर’, महासचिव डम्बरबहादुर, केन्द्रीय उपमहासचिव पुष्करराज तथा सचिवहरू कुमारप्रसाद, नानी बाबु, कृष्णबहादुर बुढाथोकी, केन्द्रीय सदस्यहरू, सल्लाहकारलगायत बन्धुहरूको उपस्थिति रहेको

देश तथा विदेशमा छरिएर रहेका बन्धुबीचको आपसी सम्बन्ध सुदृढ पार्न, कुल परम्परा र वंशावलीको खोजी गर्न र आपसी सहयोग र सहकार्यको संस्कृति विकास गर्न बैठकले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्