८ हजार अमेरिकी डलरसहित पक्राउ



काठमाडौं, (नेस)।

अवैधरूपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर ८ हजार ४ सय १७ सहित ललितपुर महानगरपालिका ११ घर भई अमेरिका बस्ने विकाश जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

इत्तेहाद एयरवेजको फ्लाइटबाट अबुधावी हुँदै अमेरिका जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलरसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

जोशीलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्