राइनोको विजेताले १० लाख पाउने



नवलपरासी, (नेस)।

पूर्वी नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा खेलाइने राइनोकप फुटबल प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ।

आगामी फागुन ५ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक नन्दभाउजु उपभोक्ता समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

संरक्षण चेतनाका लागि खेलकुद भन्ने नाराका साथ फुटबल प्रतियोगितामा करिब १ करोड १० लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ। गतवर्ष राइनोकपको उपाधि राजधानी स्थित ए डिभिजन क्लब च्यासल युथले उचालेको थियो।

प्रतिक्रिया दिनुहोस्